Friday, May 29, 2020

धान खेतमा मत्स्यपालन (Rice Fish Culture)




Integrated Rice and Fish Farming Information | Agri Farming


धान खेतमा मत्स्यपालन भन्नाले धान बालि सँगै माछा उत्पादन गर्ने प्रविधिलाई बुजिन्छ। यस प्रविधिमा धानलाई मुख्य बालीको रुपमा लिइन्छ र माछा लाइ सहायक उत्पादन को रुपमा लिइन्छ।
-   नेपालमा सन् १९६४ देखि धानखेतमा माछापालन को सुरुवात भएको हो।
धानखेत मा मत्स्य पालन गर्ने तरिका :-
1) जग्गाको छनौट ( Site selection):-
        जग्गाको छनौट गर्दा उचित पानीको श्रोत भएको जमिन छान्नुपर्दछ। यसका साथै गुणस्तरीय माटो र पानीलाइ अडाएर राख्ने खालको माटो हुनुपर्दछ। चिम्टाइलो पाङ्गो माटो भएको जमिन राम्रो मानिन्छ। सकेसम्म जग्गाको छनौट गर्दा घरको नजिकै छान्नुपर्दछ जसले गर्दा हेरचाह मा सहयोग पुग्दछ। बाढी, पहिरो जान सक्ने ठाउमा जमिन छनौट नगर्ने। 

2) आलीको बनावोट:-
        आलीको निर्माण गर्दा सकेसम्म पिंधको चौडाई  ५० से. मि  ,उचाई ५० से मि र माथिल्लो भाग ३० देखि ४० से.मि चौडाई भएको उपयुक्त मानिन्छ। 

3)रिफ्युजको बनावोट (Construction of Refuge):-
         संकटकालिन व्यवस्थापन, माछाको आवतजावत गर्न तथा आश्रय दिन खनिएको खाडललाई रिफ्युज भनिन्छ। यो दुइ किसिमले बनाउन सकिन्छ :-

3.1) Trench Refuge:-
          धान खेत को बीच वा वरिपरि खनिने खाडललाई ट्रेन्च रिफ्युज भनिन्छ। यसको निर्माण गर्दा ३० -१०० से.मि को खाडल खनिन्छ। खेत को वरिपरि गहिरो कुलेसो बनाइन्छ र बिचमा धान रोपिन्छ। यदि माछा लाइ एक बालीभन्दा बढी समयसम्म राख्न पर्यो भने यो बिधि प्रभावकारी मानिन्छ। 

3.2) Pond Refuge:-
         धानखेतको कुनै एक छेउ मा ७५ देखि १०० से. मि खाल्डो खानी माछा आवतजावत को लागि बनाइन्छ। कुल जग्गाको १०% भन्दा बढी जमिनमा खाल्डो खानिदैन। यसबाट बिपतकालिन सुरक्षा, माछा हार्वेस्ट मा सहयोग पुग्दछ।   

4) धानखेत मा माछा पालन गर्दा माछामा हुनपर्ने गुणहरु :-
  • थोरै पानीमा पनि माछा हुर्कन बढ्न सक्ने खालको हुनुपर्छ। 
  • पानीको तापक्रम  घटबढ र अक्सिजन कम हुदा पनि सहन सक्ने खालको हुनपर्छ। 
  • छोटो अवधिमै बिक्रि गर्न सकिने आकारको हुनपर्छ। 
  • प्रांगारिक आहार राम्ररी खप्ने प्रकृतिको हुनपर्छ। 
  • धमिलो पानी खप्न सक्ने हुनपर्छ। 
5) उपयुक्त धानको जात छनौट :-
  • ढिलो पाक्ने, नढल्ने र बढी पानी खप्न सक्ने धानको जात छनौट गर्ने। 
  • तराई क्षेत्र को लागि बर्षे, बर्षे -४ , जानकी, सावित्री, मकवानपुर-१, बिन्देस्वोरी ,ताइचुङ्ग,मन्सुली धानको जात  प्रयोग गर्न सकिन्छ भने पहाडी क्षेत्र को लागि कन्चन प्रयोग गर्न सकिन्छ। 
6) धानखेत मा भुरा छोड्ने घनत्व( density of fish stocking):-
        यदि माछा को आकार ५ ग्राम भन्दा कम छ भने धान रोप्ने बित्तिकै भुरा राख्ने र यदि १० ग्राम भन्दा बढी छ भने धान रोपेको १० देखि १५ दिनपछि मात्र भुरा राख्ने यसो गर्दा धानलाइ माछा ले असर गर्न पाउदैन। 
      कमन कार्पको भुरा ४००० - ५००० गोटा /हे. राख्ने र यदि टिलापियाको भाले र कमनको मिश्रीत स्टक गर्दा ७०००-१००००गोटा /हे. राख्नुपर्दछ। 

7) मलखाद 
          युरिया १०० के जी र अमोनियम फस्फेट ५० के जी /हे. को दरले धान रोपेको ५ दिन पछि हाल्ने र ३० दिनपछि सोहि मात्रामा टप ड्रेसिङ्ग   top dressing गर्ने। 

8) आहारा ( Fish feed)
          धानको ढुटो, गँहुको चोक्कर, तोरीको पिना मिसाई दैनिक माछाको तौलको २-३% का दरले खुवाउनुपर्छ। 
9) Harvesting:- 
          धान काट्नु भन्दा १०-१५ दिन अगाडी पानी सुकाई माछा मारिन्छ।  यसरि एक सिजनमा १५-२० के जी / रोपनी उत्पादन १००-२०० ग्राम साइज लिन सकिन्छ।