Tuesday, June 9, 2020

मत्स्यपालनको लागि पोखरीको निर्माण र ध्यान दिनुपर्ने कुराहरु


CONSTRUCTION OF FISH POND



पोखरी निर्माण योजना :

मत्स्यपालन गर्दा बिभिन्न ठाउँको प्रकृति र जलवायुलाई ध्यानमा राखी माछाको उत्पादन र व्यवस्थापन सम्बन्धी  कुन कार्यक्रम संचालन गर्दा उपलब्धी धेरै हुन्छ त्यसलाई ध्यान दिन निकै नै जरुरी देखिन्छ। यसका लागि कुन कुन पोखरी कति कति क्षत्रफलमा बनाउने साथै भबिस्यमा आइपर्ने बाधा व्यवधानहरुलाई समेत ध्यानमा राखी पोखरी निर्माण गर्न उपयुक्त मानिन्छ। 
माछाको पोखरी बनाउन अघि योजनाको निर्माण गर्नुपर्दछ। यस योजना अन्तर्गत उपयुक्त स्थलको छनौट, पानीको स्रोत, माछाको लागि उपयुक्त जलवायु, जमिनको संरचना, यातायात र बजार आदि पर्दछन। स्थलको छनौट गर्दा भुरा माछा उत्पादन गर्ने वा खाने माछा उत्पादन स्पस्ट पारी सोहि अनुसार छनौट गर्नपर्छ। यसका साथै पोखरी निर्माण गर्दा आफुले कुन किसिमको माछापालन प्रविधी अपनाउने हो सघन ( Intensive), अर्धसघन (Semi-Intensive) वा एकीकृत (Integrative) सो निर्णय लिई पोखरी निर्माण गर्नुपर्छ। माछाको पोखरी बनाउँदा सकेसम्म पूर्व -पश्चिम फैलिने गरि बनाउन पर्छ र लम्बाई जति भएपनि चौडाई ५० मि. भन्दा बढी हुनुहुदैन। यसका साथै आर्थिक रुपले हेर्दा बर्गाकर (Square) पोखरी उत्तम मानिए पनि व्यवस्थापन सुविधा हेर्दा आयातकार (Rectangular) उपयुक्त मानिन्छ। बिभिन्न पोखरीहरु जस्तै नर्सरी (Nursery), रियरिङ्ग (Rearing), र उत्पादन (Production), पोखरी एकै ठाउँमा बनाउदा विभिन्न अवस्थाका माछालाई व्यवस्थापन गर्न सजिलो हुनुको साथै बढी फाइदा लिन सकिन्छ। 

पोखरीको निर्माण:

प्राय पोखरी निर्माण गर्दा त्यसको आकार, जमिनको आकृति, पानीको स्रोत,माटोको किसिम र उत्पादन प्रविधिमा भर पर्दछ। जतिसुकै राम्रो माटोमा पोखरी बनाएपनि चुहावट र बाष्पीकरणको कारणले दैनिक रुपमा पानीको मात्रा घट्दै जाने हुन्छ। पोखरीमा दैनिक औसत 0.5 cm पानी चुहावटबाट र  0.5 cm पानी बाष्पीकरणबाट ह्रास हुने गर्दछ। माटोको कुरा गर्न पर्दा पानी अडाउन चिम्टाइलो माटो राम्रो हुने भए पनि यसका कणहरु पानीमा तैरिरहने हुँदा पानी धमिलो पारि प्रकाशलाई अवरुद्ध पार्न सक्छन। तसर्थ माछापालन को लागि चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ। जमिनको संरचना हेर्ने हो भने होचो जमिनमा पोखरी निर्माण खर्च कम हुन्छ भने भिरालो जमिनमा पोखरी निर्माण गर्दा खर्च बढी लाग्ने हुन्छ। त्यसैले पोखरीको निर्माण गर्दा पहिरो नजाने,बाढी नआउने र पानी सजिलै राख्न र हटाउन सकिने स्थानमा निर्माण गर्नुपर्दछ। जलवायु लाई पनि पोखरी निर्माण को एक आधारको रुपमा लिन सकिन्छ। पोखरी निर्माण गर्नभन्दा अघि कुन माछा उत्पादन गर्न पर्ने हो र उक्त माछा कस्तो प्रकारको जलवायुमा हुर्कन र बढ्न सक्छ त्यसको अध्यन गरि पोखरी निर्माण गर्नुपर्दछ। जस्तै : कार्पको लागि न्यानो पानी चाहिने हुनाले यिनीहरुको वृद्धिको लागि १८-३२ डिग्री पानीको तापक्रम आवश्यक पर्दछ, सोहि अनुरुप स्थलको छनौट गरि पोखरी निर्माण गर्नुपर्दछ। 
माछा उत्पादन गर्ने पोखरी हामीले 3000-10000 sq.m को बनाउन सक्छौ तर ठाउँ र वातावरण हेरेर हामीले २ हे सम्मको पनि बनाउन सक्छौ।  पोखरी पूर्व पश्चिम तर्फ हुनेगरी निर्माण गर्नुपर्छ। यसरि निर्माण गर्दा हावा को दवावलाई कम गर्न सकिन्छ र डिललाइ बचाउन सकिन्छ। पोखरीको गहिराई 1.5-2 m कायम गर्नुपर्छ। यदि गहिराई 2m भन्दा बढी भएमा सुर्यको प्रकाश भित्रसम्म जान पाउदैन र उत्पादनमा ह्रास आउँछ। 

पोखरीको डिल बनाउँदा ध्यान दिन पर्ने कुराहरु :-

माछा पोखरीको डिल बनाउँदा पानीको दवाव सहन सक्ने बलियो र नचुहिने खालको हुनुपर्दछ।  डिल बनाउँदा माटो राम्रो छ भने भित्री भिरालो १:२ र बाहिरी भिरालो १:१:५ हुनुपर्छ। १:२ भन्नाले प्रत्येक मिटर उचाइको लागि सोहि अनुपातमा २ मि डिलको पिंधको चौडाई मिलाउदै जानु भन्ने बुजिन्छ। त्यस्तै डिलको उचाई १ मि र पिंधको चौडाई १.५ मि भएमा त्यसलाई १:१:५ र उचाई र पिंधको चौडाई बराबर भएमा १:१ ले जनाइन्छ। 
सामान्यतया पोखरीको डिलको भिरालो १:१ भन्दा कम हुनुहुदैन। अन्यथा पोखरीको पार्श्व दवाव (lateral pressure) को कारणले डिल भत्किन सक्छ। डिल तयार भैसकेपछि पहिरोबाट बचाउन डिलको दुबैतर्फ घाँस लगाउनुपर्छ र डिलको चारैतिर तार (Fencing) लगाउनुपर्छ। 

पिंधको बनावट :

पिंध बनाउदा पानी प्रवेशद्वारतर्फ अलि अग्लो र पानी निकासतर्फ अलि होचो पार्दै जानुपर्छ तर पहिले देखिनै हल्का  (Slope) छ भने केहि गर्नुपर्दैन। माछा समात्न सजिलोको लागि पोखरीको निकासद्वार नेर सबैभन्दा तल्लो भागमा पिंधमा माछा समात्ने खाडल (Harvesting Pit) निर्माण गर्नुपर्छ। 

पानीको प्रवेशद्वार र निकासद्वार :

पानीको प्रवेशद्वार नजिकै १ वर्ग मिटरको क्षेत्रफ़लमा ढुंगा गिट्टी वा इट्टा ओछ्याई दिनुपर्छ जसले माटोको कटान रोकिन्छ। पानीको प्रवेशद्वारमा मसिनो तार वा नाइलन जाली प्रयोग गर्नुपर्छ जसले जंगली माछा तथा सर्पहरुलाई रोक्न सकिन्छ। पोखरीमा बढी भएको पानी निकाल्नको लागि निकासद्वारको व्यवस्था गर्नुपर्छ। 


Monday, June 1, 2020

बायोफ्लक( Biofloc): एक आधुनिक मत्स्यपालन प्रविधि



biofloc Archives - Bioflocinfo


बायोफ्लक माछा खेति एक आधुनिक र लागत प्रभावी खेति मानिन्छ। यस आधुनिक प्रणाली को उत्पत्ति इन्डोनेसिया बाट भएको हो। अहिले दक्षिण एशिया रास्ट्रहरुमा केहि माछा उत्पादनमा लागेका किसानहरुले यसलाई बिस्तारै अंगाल्दै गएको पाइन्छ। 
बायोफ्लक एउटा एस्तो प्रविधि हो जुनमा माछालाई हानि गर्ने बिसाक्त तत्वहरु जस्तै ;नाइट्रेट, नाइट्राइट, र अमोनिया लाइ प्रोटिनयुक्त फीड मा रुपान्तरण गरिन्छ र यसमा पानीलाई परिवर्तन गरिरहनु नपर्ने भएकोले यसलाई limited or zero water exchange  प्रणाली पनि भनिन्छ। माछालाइ high density को रुपमा स्टक गर्नु र उच्च रुपमा यरियसन (aeration) दिनु पनि  यो प्रविधिको बिशेसता मानिन्छ। 

के हो त बायोफ्लक माछा प्रविधि ? (Biofloc Fish Technology)
      मत्स्यपालनलाइ हेर्नुपर्दा बायोफ्लक माछा प्रविधि एक दिगो र वाताबरण मैत्री प्रक्रिया मनिन्छ। यस प्रविधिले पानी को गुणस्तरलाई कायम राख्नुको साथै बाह्य स्रोतबाट आएको पानीमा भएका हानिकारक सुक्ष्म जीवहरुलाई रोकथाम समेत गर्दछ। यस प्रविधिमा कल्चर मिडिया (Culture media) भित्रै सुक्ष्म जीवहरुको उत्पादन गरिन्छ जसले मुख्य ३ भूमिका निर्वाह गर्दछन :-
  • कल्चर मिडियामा उत्पन्न भएका नाइट्रोजनयुक्त तत्वहरुलाई रिसाइकल (recycle) गरि पुन प्रयोग गरि पानीको गुणस्तर कायम राख्नु ,
  • FCR (Feed conversion ratio) को  अनुपात घटाउनु र पोषण बृधि गर्नु ,
  • हानिकारक जीवहरुको रोकथाम गर्नु। 
बायोफ्लक के हो त ?
      बायोफ्लकलाइ एक विभिन्न पदार्थहरु र सुक्ष्म जीवहरुको संयोजन भनेर बुज्दा हुन्छ। यि पदार्थ र सुक्ष्म जीवहरु एकआपसमा टासिएर रहेका हुन्छन जसले गर्दा फ्लक को रुपमा देखिन्छन। जस्तै : व्याक्टेरिया, प्रोटोजोआ, अल्गी,जैविक पदार्थ र खेर गएका दानाहरु यस अन्तर्गत पर्छन। व्याक्टेरियाले एकप्रकारको चिप्लो पदार्थ( Mucus) निकाल्दछ जसले गर्दा यि पदार्थहरु एकआपस मा टासिएर रहेका हुन्छन। 

बायोफ्लकको सिद्दान्त 
       बायोफ्लकको सिद्दान्त भनेको हेटेरोट्रोफिक (Heterotrophic) सुक्ष्म जीवहरुको बृदि गरि कल्चर मिडियामा उच्च कार्बन र नाइट्रोजन (C:N) को अनुपात कायम गरि नाइट्रोजन चक्र (Nitrogen Cycle) को विकास गराउनु हो। (C:N) को अनुपात बढाउन हामीले कार्बोहाइड्रेट (Molasses)  र पानी को प्रयोग गर्न सक्छौ। 

कसरि गर्न सकिन्छ त बायोफ्लक ?
       बायोफ्लक हामी सबैको चासो को बिषय बनेको छ। यो एकदमै आधुनिक प्रविधि र बढी उत्पादन दिने भएकै कारणले यसले सबैको ध्यान आफूतिर केन्द्रित गरेको छ। अब कसरि गर्न सकिन्छ त बायोफ्लक त्यसबारे बुदागत रुपमा अध्यन गरौ। 

  1. ट्यांक को निर्माण (Tank making):
         ट्यांक हामीले सिमेन्ट अथवा तिरपाल को प्रयोग गरेर बनाउन सक्छौ यदि हामीलाई दिगो रुपमा ट्यांक को निर्माण गर्न छ भने फलामे रडको प्रयोग गर्न सक्छौ। ट्यांक जहिले पनि गोलाकार हुनुपर्छ र ट्यांक मा पानीको गहिराई ३.५ -४ फिट सम्म हुनुपर्छ।  ट्यांकको साइज हामीले निम्नलिखित सूत्रको प्रयोग गरेर निकाल्न सक्छौ। 
                                  V= 3.14 d2 /4 *h *1000

                                          where v= volume of tank in ltr
                                                     d= diameter of tank in mtr
                                                     h= height of tank in mtr
     2. पानीको गुणस्तर मापन (Water quality evaluation):
            माछा ट्यांकमा हाल्न भन्दा पहिला पानीको गुणस्तर थाहा पाउन निकै नै जरुरि छ। पानीको पि. एच ७. ५ - ८ को बिचमा हुनुपर्छ।  TDS ( Total Dissolved Salts) १४०० - १६०० हुनुपर्छ। यदि पि. एच थोरै भएमा क्याल्सियम कर्बोनेट (CaCo3) उपयुक्त मात्रामा हाल्न सकिन्छ। पानी हालेको एकदिनपछि probiotic powder २ ग्राम १०० लिटर पानीमा हाल्ने र molasses १० ग्राम १०० लिटर पानीमा हाली यरियसन दिने। यसको ७ दिनपछि फ्लक (floc) को बृदी हुनथाल्छ र यतिखेर माछा स्टक गर्न उपयुक्त समय मानिन्छ। 

      3. पानीको गुणस्तर कायम (Water quality maintain):
            माछा स्टक गरिसकेपछि पानीको गुणस्तर कायम गर्न निकै जरुरि देखिन्छ। मुख्य गरि पानीको पी एच र अमोनियाको मात्रामा ध्यान दिनुपर्छ। अमोनियाको मात्रा घटाउन molasses को प्रयोग गर्नुपर्छ र यसको मात्रा 0 ppm मा झार्नुपर्दछ। अक्सिजनको पनि पानीको गुणस्तरमा मुख्य भूमिका रहेकोले यसको मात्रा  ६ - ८ ppm राख्नुपर्छ। 

फ्लक (Floc) लाइ कसरि maintain गर्ने:
         1000ml पानीमा 30-40ml  फ्लक  हुनेगरी यसलाई कायम राख्नपर्छ।  यदि फ्लकको मात्रा घट्यो भने अमोनियाको मात्रा बढ्न थाल्छ र फ्लकको मात्रा बढ्यो भने पानी बाक्लो (dense) भैदिन्छ र माछा लाइ सास फेर्न गारो हुन्छ। 

अमोनियाको मात्रा कसरि maintain गर्ने :
     C:N को अनुपात १०:१  कायम राख्ने।  यसको अर्थ जति अमोनिया हुन्छ त्यसको १० गुणा कार्बन चाहिन्छ भन्नु हो।