Tuesday, July 7, 2020

साधारण नुन( Nacl) उपचार: माछाको रोग एक प्रभावकारी उपचार



किन साधारण नुन माछा पालन गर्नेहरूलाई उपयोगी मानिन्छ ?

ताजा पानीको माछाको रगतमा प्रति लीटर लगभग ग्राम नुन हुन्छ । रगतमा पर्याप्त नुनको मात्रा सन्तुलन गर्न (अस्मोरेग्युलेशन) माछा द्वारा ठूलो ऊर्जा खर्च हुन्छ । माछामा नुनको सन्तुलनलाई भीडले गर्दा र माछालाई चलाउने समयमा हुने शारीरिक चोटहरूले प्रतिकूल असर गर्न सक्छ  त्यस्तै तौल अनुसार श्रेणीकरण, गन्ती, ढुवानी, कृत्रिम प्रजनन र अन्य उत्पादन गतिविधिहरूले असर गर्छ गिल्समा चोटपटक, परजीवी र जीवाणु संक्रमण, निलम्बित ठोस (माटो वा अर्गानिक्स), र चिढचिढ्ने रसायनहरू (जस्तै फर्मिनलिन र पोटेशियम परमंगनेट), साथै लगातार कम अक्सिजनमा अनावरणले पनि अस्मोरेग्युलेशनलाई अझ गाह्रो बनाउन सक्छ अस्मोरेग्युलेशनमा बढी उर्जा खर्च गरेर, माछा ढिलो बढ्न सक्छ र अन्य महत्वपूर्ण कार्यहरू उपेक्षा गर्न सक्दछ, जस्तै प्रतिरक्षा यस कारणले, किसानहरूले पालना गरेका माछाको प्रजाति अनुसार उनीहरूको ह्यान्डलिंग प्रक्रियाहरू र निवारक अभ्यासहरू समायोजन गर्नुपर्दछ ।

नुन माछाको रोगहरूको उपचारमा सबैभन्दा पुरानो र सबैभन्दा बढी प्रयोग हुने रसायन हो। सामान्य नुन ( सोडियम क्लोराइड – NaCl ) सजिलैसँग उपलब्ध हुन्छ, यो किसानमाछाको लागि सुरक्षित मानिने , र माछाको मासुमा कुनै अंशहरू नछाड्ने हुनाले धेरै देशहरूमा जलचर्यामा प्रयोगको लागि सुरक्षित मानिन्छ। नुनले माछालाई चलाउदा हुने तनावलाई प्रतिरोध गर्न, अस्मोरेग्युलेशन पुनर्स्थापना गर्न, रोगहरू रोक्न र नियन्त्रण गर्न, ढुवानीको अघि र पछिको समग्र अवस्था सुधार गर्न मद्दत गर्दछ साथै प्रतिकूल वातावरणीय अवस्थाहरूलाई कम गर्न मद्दत गर्दछ कृत्रिम प्रजनन गतिविधिको बखत र पछि माऊ माछाको राम्रो समर्थन गर्दछ । यसको चिकित्सीय मूल्य यसको दुई कार्यहरूमा आधारित छ ;

१.      यसले माछाको छाला ढाक्ने बलगमलाई सुस्त बनाउँदछ, जसले बलगमसँग जोडिएका जीवहरूलाई सजिलैसँग हटाउँछ ।

२.      यसले पानीको विशिष्ट गुरुत्वाकर्षण बढाउँछ र ओस्मोटिक चाप परिवर्तन गर्दछ जसले फलस्वरूप धेरै बाह्य परजीवी फुट्ने गर्छ।

नुनको उच्च सांद्रतामा छोटो अवधिको अनावरणले परिजिवी माथि प्रतिकुल असर गर्दछ र कम सांद्रतामा लामो अनावरणले  अस्मोरेग्युलेशन स्थिर गर्दछ र छालालाई ढाक्ने बलगमको उत्पादन बढाउन मद्दत गर्दछ, जुन माछालाई चलाउदा बिग्रिएको हुन सक्छ। माछालाई नुनको स्नान गराउने समय पानीको तापक्रम र माछाको अवस्थाले फरक पर्दछ । कोस्टिया, इथियोपथीरियस, चिलोडेना , ट्राइकोडिना र एपिस्टालिस सबै बाह्य परिजिवी हुन् जुन नुनको उपचारद्वारा नियन्त्रण गर्न सकिन्छ। परजीवी संक्रमणको गम्भीर अवस्थामा ५ पटक नुनको उपचार, ४८ घण्टा (१० डिग्री सेल्सियसमा) वा २४ घण्टा (१८ डिग्री सेल्सियसमा) पछि दोहोर्याउँदा परजीवीहरू निर्मूल गर्न सकिन्छ ।

कहिले र कसरी माछा उपचारको लागि नुन प्रयोग गर्ने ?

उपचार अघि यो कुरा निश्चित गर्नुहोस् कि माछा खाली पेटको अवस्थामा छ र उपचारको १ घण्टा पछि मात्र दाना खुवाउनुहोस् नर्सरी पोखरीको मामलामा, पानीको मात्रा गणना गरेर सिधा पोखरीमा नुन थप्न सकिन्छ, त्यस्तै ठूला पोखरीको मामलामा, सुरुमा माछालाई हाप्पामा राखिन्छ त्यसपछि माछालाई नुन पानी सहितको क्यारेटमा तोकिएको समय अन्तरालको लागि राखिन्छ ।

क्रम संख्या

प्रयोगको संकेत

मात्रा (ग्राम प्रति लिटर)

उपचारको समय

 

१.

अन्डा र नयाँ ह्याच फ्राईमा फंगल संक्रमण कम गर्न

३-५

छोटो स्नान (१०-१५ मिनेट दैनिक वा वैकल्पिक दिनमा)

२.

 

केहि गिल र छाला परजीवी र फ्लुक्स नियन्त्रण गर्न

 

५०

धेरै छोटो समय (३० सेकेन्ड देखि ३ मिनेट सम्म) गम्भीर संक्रमणको लागि जहाँ यो उपचार दोहोर्याउन गाह्रो हुन्छ।

२०-३०

छोटो स्नान (१० देखि ३० मिनेट) दुई वा तीन पटक उपचार दोहोर्याईयो भने प्रभावकारी रूपमा केहि परजीवी नियन्त्रण हुन्छ।

१०-१५

६ देखि १२ घण्टा को स्नान, त्यस पछि पानी बिस्तारै बगाउनु पर्छ । यो दुई वा तीन पटक दोहोर्याउन सकिन्छ।

.

फ्गँल र बाह्य ब्याक्टेरियाको संक्रमण ह्यान्डलिङ दौरान र पछि रोक्न

३-६

अनिश्चित वा माछाले आफ्नो सन्तुलन गुमाउन सुरु नगरेसम्म।

४.

फ्लाभोबाक्टेरियम, फिन रट, कपासे मुख र स्याप्रोलग्निया (फ्गीँ) को पहिले नै स्थापित संक्रमणको उपचार गर्न

२०-३०

छोटो स्नान (१० देखि ३० मिनेट, माछाको सहनशीलता आधारमा)

५.

RAS Biofloc प्रणालीहरूमा ब्याक्टेरियल गिल रोग, फिन रट वा फंगल संक्रमण, साथै नाइट्राइट विषाक्तताको जोखिम कम गर्न

उत्पादन समयभर अनिश्चित

 

६.

पोखरी सफा गरेपछि उत्पादित अत्यधिक निलम्बित ठोस कणहरू वा जलनयुक्त रसायनको कारण  देखिने वातावरणीय गिल रोग रोकथाम गर्न

८-१०

२-४ घण्टा को स्नान

७.

माछालाई अन्य उत्पादन पोखरीमा सार्नु अगि   साथै भीड, ह्यान्डलिंग र ग्रेडिंगको तनाव पछि रगतमा नुन बहाल गर्न

दानामा नुन थप्ने

१५० मिलिलिटर पानीमा १० देखि १५ ग्राम नुन राम्रो सँग विघटन गरौं र १ किलो दानामा मिसाएर तुरुन्तै माछा स्थानान्तरण पछि खुवाउ त्यसपछि लगातार २-३ दिन सम्म खुवाउने।

८.

माछाको छटनि र माछालाई चलाउदा  बखत साथै ढुवानीका लागि माछाको कन्डिसनिङ (उपवास) को बखत ढुवानी पछि माछाको रगतमा नुन बहाल गर्न र माछाको अवस्था सुधार गर्न

३-६

अनिश्चित वा माछाले आफ्नो सन्तुलन गुमाउन सुरु नगरेसम्म।

९.

माछा ढुवानीको  पानीमा

५-८

यातायात समयभर अनिश्चितकालिन

१०.

सीमित कारण र प्रेरित वा प्राकृतिक प्रजनन लागि माछालाई चलाउदा  अस्मोरेग्युलेशन असंतुलन को कारण माऊ माछाको निधन रोक्न

५-६ +

जिप्सम (८० ग्राम प्रति घन मिटर) 

प्रजनन पछि, अर्को दिन पोखरीमा फर्कन अघि यस नुनको पानीमा  कम्तीमा रातभरि माछा राख्नुहोस्।

सन्दर्भ

Fernando Kubitza, P. D. (2016). Common salt a useful tool in aquaculture, part 1. Global Aquaculture Alliance.  https://www.aquaculturealliance.org/advocate/common-salt-a-useful-tool-in-aquaculture-part-1/

Fernando Kubitza, P. D. (2016). Common salt a useful tool in aquaculture, part 2. Global Aquaculture Alliance.  https://www.aquaculturealliance.org/advocate/common-salt-a-useful-tool-in-aquaculture-part-2/



लेखक 
शरद डि.सी 
एम.एस्सी एक्वाकल्चर 
त्रिभुवन विस्वविद्यालय 

No comments:

Post a Comment